Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – संविधान संशोधनको माग गर्दै आन्दोलनमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू चुनावको तयारीमा जुटेका छन ।

२०७४ माघसम्म तीनैै (स्थानीय निकाय, प्रदेश तथा केन्द्र) तहको चुनाव गराउने संवैधानिक बाध्यात्मक व्यवस्थाबमोजिम निर्वाचन घोषणाको तयारीमा सरकार रहेकाले मधेसी मोर्चाका नेताहरू पनि आन्दोलन छाडेर चुनावको तयारीमा जुटेका हुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगमै गएर निर्वाचनको तयारी गर्न निर्देशन दिएको र निर्वाचन आयोगले पनि तोकिएको समयमा नै चुनाव गराउने भनेपछि चुनाव हुने ठहरका साथ मधेसवादी दलहरू चुनावको तयारीमा लागेका छन । प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो लक्ष्य चुनाव गराउनु रहेको र त्यसअघि संविधान संशोधन गराउनमा ध्यान केन्द्रित गरेका छन् । Morcha

मधेसी मोर्चाका नेताहरूले सीमाङ्कनको विवाद नटुङ्गिएसम्म कुनै पनि चुनाव हुन नदिने चेतावनी दिइरहे पनि संवैधानिक बाध्यता नवुझेका छैनन् । संविधान कार्यान्वयनका लागि चुनाव आवश्यक रहेको भन्दै नेपाली काँग्रेस र एमालेले चुनावलाई लक्षित गर्दै तराई मधेसमा विभिन्न अभियान सञ्चालन गरिरहेकाले पनि मधेसी मोर्चामा आबद्ध दलहरू पनि घोषित अघोषित रूपमा चुनाव लक्षित गतिविधिमा लागेका छन । जिल्ला जिल्लामा चुनावी तयारीको गतिविधि बढ्न थालेपछि मधेसवादी दलका नेताहरू पनि चुनावको तयारीमा जुटेको पार्टी सम्बद्ध स्रोतले जनाएको छ ।

महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी, महेन्द्र राय यादव अध्यक्ष रहेको तराई मधेस सद्भावना पार्टी, उपेन्द्र यादव अध्यक्ष रहेको सङ्घीय समाजवादी फोरम नेपाल, शरतसिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेस समाजवादी पार्टी लगायतले तराई मधेसमा विभिन्न अभियान सुरु गरिसकेका छन ।

तमलोपा सदस्यता वितरण अभियान सुरु गर्दै तराई मधेसका गाउँगाउँ छिरेको छ भने सङ्घीय समाजवादी फोरम नेपालले पनि सदस्यता वितरणलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया