Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – जासुसी उपकरण बोकेर नेपाल आएका टर्किस, रोमानियन र बुल्गेरियन नागरिकले विभिन्न बैंकका ४ हजार ग्राहकको पिन नम्बर चोरी गरेको खुलेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार एटिएम बुथमा गोप्य क्यामरा लगायतका उपकरण जडान गरी उनीहरुले नेपाली ग्राहकको पिन नम्बर चोरी गरेका हुन् ।

चोरी गरिएका पिन नम्बर सोही समूहका अन्य सदस्यलाई इमेल गरेर पठाएको पनि खुलेको छ । ‘तर, ती पिन नम्बर कुन कुन बैंकका हुन् र त्यसबाट पैसा निकालिएको छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले भने । ब्युरोले कात्तिकमा बुल्गेरिया, रोमानिया र टर्किका गरि ८ जना पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको साथबाट नक्कली एटिएम कार्ड, नेपाली बैंकका कार्डको विवरण र पिनसँगै त्यसको चोरीमा प्रयोग हुने उपकरण फेला परेको थियो । 650x300xautomated-transaction-machine-or-atm.jpg.pagespeed.gp+jp+jw+pj+js+rj+rp+rw+ri+cp+md.ic.VwjSu7Dlv3

उनीहरुको साथबाट प्रहरीले गोप्य क्यामरा फिस आई, एटिएम मेसिनबाट अर्काको पिन नम्बर चोर्न सघाउने कार्ड स्किमिङ मेसिन, रित्तो कार्डमा पिन नम्बर राख्ने कार्ड पर्सनलाइजेसन मेसिन, एटिएम बुथको नम्बर दवाउन प्रयोग हुने किप्याड, कार्ड काट्ने र घोट्ने मेसिन लगायतका उपकरण र पिन नम्बर संग्रह गरिएको ल्यापटप फेला परेको थियो । उनीहरुको ल्यापटप र इमेल हेर्दा उनीहरुले नेपाली एटिएम बुथबाट संकलन गरेको पिन विवरण र पासवर्ड फेला परेका हुन् । पक्राउ परेकाहरुले पिन नम्बर चोरी गर्न दरबारमार्ग, ठमेल, कान्तिपथमा रहेका विभिन्न बैंकका एटिएम बुथ प्रयोग गरेको खुलेको थियो ।

प्रहरीले २०७१ देखि हालसम्म चोरी भएको २ करोड ३७ लाख रुपैयाँ फेला पारेको छ । टर्किस नागरिक मेहेमेत गुलेन र बुल्गेरियन नागरिक पेट्रोस्लाभ रिस्तोवबाट प्रहरीले एक करोड ६८ लाख रुपैया फेला पारेको थियो । रोमानियाली नागरिक पेड्रा ओरिलियन, बुल्गेरियन नागरिक डिमा एनातासोव स्टेफानोव र रोमानियाली गिता हुजुम, लोसिफ मोरारु र एलेक्स क्रिष्टियान लगायतबाट प्रहरीले ६६ लाख रुपैंया फेला परे पनि ती रकम कुन कुन बैंकका ग्राहकको हो भने खुलिसकेको छैन । कुन कुन बैंकका कुन कुन ग्राहकको पिन चोरी भएको हो भन्ने विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरिए पनि जानकारी नआइसकेको ब्युरोका एक अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया