Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान–रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी नबस्दा प्रेमजोडीको भलाकुसारी गर्ने स्थल बनेको छ ।

दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम र रुकुमबाट दाङ हुँदै काठमाडौं चल्ने रात्रि बस लुटिन थालेपछि सुरक्षाका लागि स्थानीयले प्रहरीका लागि घर निर्माण गरेका थिए । आजको राजधानी दैनिकमा खबर छ । झन्डै ३ लाख लागतमा स्थानीयले ३ जेठ २०७१ मा तीन कोठाको प्रहरी बस्ने भवन निर्माण गरे पनि प्रहरी नबसेको स्थानीय कलीमान रोकाले जानकारी दिए । ‘कति दुःख गरेर पहाडको ठाउँमा झारपात, ढुंगामाटो गरेर प्रहरी बसाल्न घर बनाइयो तर बसेन,’ रोकाले भने ‘नबस्ने थाहा पाएको भए त हामीले यतिका दुःख गर्ने नै थिएनौं ।’ स्थानीय समुदायसँग भएको सहमतिअनुसार प्रहरी नबसेपछि त्यहाँका जनता निराश भएका छन् । police-for-home

दाङ–सल्यान रुकुम सडक खण्डको साततलेदेखि राम्रीसम्म विभिन्न समयमा दर्जनौं रात्रिबस लुटिएपछि प्रहरीसँग समन्वय गरेर स्थानीयले भवन निर्माण गरिदिएका थिए । भवन निर्माण भएको लामो समयसम्म पनि प्रहरी नबसेपछि सडक छेउमा रहेको घर प्रेमजोडीको रोजाइमा परेको स्थानीले बताए । तुलसीपुर बजारदेखि १२ किलोमिटर उत्तर टाढाको दूरीमा रहेको भवनसम्म बजारबाटै मोटरसाइकलमा घुम्न निस्किएका युवायुवतीहरू जाने गरेको स्थानीय भुपबहादुर पुनले जानकारी दिए । यसैबीच, अञ्चल प्रहरी कार्यालय तुलसीपुरले प्रहरी बस्नका लागि उपयुक्त स्थानमा भवन नभएकाले समस्या भएको बताएको छ ।

पिउने पानी र रासनको समस्यादेखि अस्थायी प्रहरी पोस्ट राख्ने भवननजिक कुनै मानव बस्ती नभएकाले असुरक्षित महसुस गरी प्रहरी पोस्ट खडा नगरेको अञ्चल प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताए । उक्त क्षेत्रमा सल्यानको कपुरकोट प्रहरी र तुलसीपुरको प्रहरी टोलीले संयुक्त रूपमा मिलेर विभिन्न समयमा रात्रि गस्ती गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया