Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – संविधान संशोधन सुरु गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको विषमा मधेसी मोर्चामा विवाद उत्पन्न भएको छ ।

मोर्चासहितको संघीय गठबन्धले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मणपत्र बुझाउँदै १५ दिनभित्र संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउन ‘अल्टिमेटम’ दिएको थियो । मोर्चाआवद्ध घटकका केही नेताले संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूखुसी स्मणपत्रमा १५ दिनको समयसीमा राखेको भन्दै असन्तुष्टि जनाएका छन् ।

स्मरणपत्रमा १५ दिनको समयसीमा राख्नु आवश्यक नभएको भन्दै असन्तुष्ट नेताले बताएका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकारलाई बुझाएको स्मरणपत्रमा आफूलाई थाह नदिई १५ दिनकोृ अल्टिमेटम राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले यसबारे संघीय समाजवादी फोरम अध्यक्ष यादवले जवाफ दिनुपर्ने बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया