Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आगामी मंसिरमा एकता हुने भएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबराले मङ्सिर ६ गते प्रज्ञा भवनमा पार्टी एकता घोषणासभा गर्ने समझदारीपत्रमासंयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो । बलियो राष्ट्रवादी र प्रजातान्त्रिक शक्ति निर्माण गरी राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरण गर्दै सबल र समृद्ध हिन्दू राष्ट्र नेपाल निर्माण गर्नु नयाँ एकीकृत पार्टीको लक्ष्य हुने उक्त पत्रमा उल्लेख छ ।15123020_10209918068802815_5440809120930099082_o

राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार एकीकृत पार्टीको अन्तरिम विधान अनुमोदन गरिएको छ भने केन्द्रीय महाधिवेशन सकेसम्म आगामी माघभित्र सम्पन्न गरिने छ ।

राप्रपा नेपाल पनि सरकारमा जाने
राप्रपासँगको सहकार्यमा एकीकरणपछि सरकारमा सहभागी हुने राप्रपा नेपालको निर्णयका कारण प्रमुख प्रतिपक्षमा एमाले एक्लिदैछ । संसदको चौथो ठूलो शक्ति राप्रपा नेपाल सत्तामा जान सहमत भएपछि राप्रपासँगको एकीकरण पनि तय भएको छ । राप्रपा नेपाल र राप्रपा एकीकरण गरी सरकारमा दुई मन्त्री थप पठाउने विषयमा नेताहरूबीच गोप्य सहमति भएको स्रोतले बताएको छ।

यो सहमतिपछि मंगलबार दुई पार्टीका अध्यक्षले संयुक्त विज्ञप्ति प्रकाशित गरी मंसिर ६ गते पार्टी एकता घोषणाको मिति सार्वजनिक गरेका हुन् । हाल राप्रपाबाट दुई मन्त्री सरकारमा सहभागी छन् । केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी राप्रपा नेपाल अहिले प्रतिपक्षमा छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया