Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – संसदमा महाभियोग प्रस्ताव दर्तापछि निलम्बित लोकमानसिंह कार्कीले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बहालवाला प्रमुख आयुक्त भएको दाबी गरेका छन् ।

सर्वोच्च अदालतमा मंगलबार उपस्थित भएर जवाफ पेश गर्ने क्रममा कार्कीले आफूलाई ‘बहालवाला प्रमुख आयुक्त’ का रूपमा प्रस्तुत गरेका हुन् । कार्कीले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा आफ्नो परिचय प्रस्तुत गर्ने क्रममै बहालवाला प्रमुख आयुक्त भनि उल्लेख गरेका छन् । लिखित जवाफको दोस्रो बुँदामा पनि उनले आफुलाई पूर्वमुख्य सचिवका रूपमा मात्रै सम्बोधन गरिएकामा आपत्ति जनाउँदै आफू अख्तियार प्रमुख समेत रहेको दाबी गरेका छन् । lokman-sing

‘मेरो पदीय हैसियत विपक्षीले उल्लेख गरेजस्तो नेपाल सरकारको पूर्वमुख्य सचिवमात्रै नभइ संवैधानिक परिषदको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट नियुक्त अख्तियारको बहालवाला प्रमुख आयुक्त हुँ,’ कार्कीले भनेका छन्, ‘ म सो पदमा २०७० वैशाख २५ गतेदेखि ६ वर्षका लागि नियुक्त भएको हुँ ।’

संसदमा एमाओवादी र एमालेका १ सय ५७ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी ‘नियमित कार्यसम्पादन गर्न नपाउने गरी’ निलम्बित अवस्थामा छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया