Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले खरिद गरेको १ करोड अमेरिकी डलर (करिब १ अर्बभन्दा बढी नेपाली रुपैयाँ) सोमबार नेपाल आइपुग्ने भएको छ ।

बैंक तथा बित्तीय संस्थामा अमेरिकी डलर अभाव भएपछि राष्ट्र बैंकले डलर खरिद प्रक्रिया अघि बढाएको हो ।

‘राष्ट्र बैंकले सिंगापुरको सीआइएमबी बैंकबाट फ्रेस अमेरिकी डलर खरिद गरेको छ । उक्त डलर सोमबार नेपाल आउँदै छ,’ राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया