Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कात्तिक मसान्तभित्र संविधान संशोधन दर्ताका लागि संशोधनमा दलीय सहमति जुटाउन राजनीतिक परामर्शलाई तीव्रता दिनुभएको छ ।

संशोधन मस्यौदाको चरणमा रहेको बताउँदै आउनुभएका प्रधानमन्त्री प्रचण्डले बिहीबार प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । प्रधानमन्त्रीले कात्तिक मसान्तसम्म संशोधन प्रस्ताव संसद्मा दर्ता गरिसक्ने जानकारी दुवै शीर्ष नेतालाई दिनुभएको छ । छठलगत्तै संशोधन दर्ता गर्ने आश्वासन असन्तुष्ट पक्षलाई दिँदै आउनुभएका प्रधानमन्त्रीले बिहीबार बिहान काँग्रेस सभापति देउवा र साँझ एमाले अध्यक्ष ओलीसँग परामर्श गर्नुभएको हो । दुवै भेटमा प्रधानमन्त्रीले कात्तिकभित्र संशोधन संसद्मा दर्ता गर्ने विषयमा जानकारी दिनुभएको छ । प्रधानमन्त्री सँगको भेटपछि एमाले अध्यक्ष ओलीले समसामयिक विषयमा छलफल भएको बताउनुभयो । sambidhan

ओलीले संविधान संशोधनको विषयमा प्रधानमन्त्रीले परामर्श गर्नुभए पनि संशोधनका विषय स्पष्ट नभएको बताउनुभयो । बैठकपछि उहाँले भन्नुभयो,‘समसामयिक विषयमा नै छलफल भयो । संविधान संशोधनमा कुरा भए पनि संशोधन केका लागि केमा भन्नेमा स्पष्ट प्रस्ताव छैन । संशोधनको विषय ठोस रूपमा आएन ।’ ओलीसँगको छलफलपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले संशोधनमा सहमतिका लागि राजनीतिक परामर्श गर्नुभएको बताउनुभयो । आचार्यले कात्तिक मसान्तभित्र प्रस्ताव दर्ता गर्ने गरी परामर्श गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधान संशोधनमा सहमतिका लागि प्रधानमन्त्रीले भेटवार्ता जारी राख्नुभएको हो । प्रधानमन्त्रीले विभिन्न पक्षसँग छलफल गर्नुभएको छ ।’ आन्दोलनरत मधेसी मोर्चासँग पनि परामर्श गरेपछि कात्तिक मसान्तभित्र नै संशोधन दर्ता गर्ने सरकारको तयारी छ ।

सरकारले छठलगत्तै संशोधन प्रस्ताव दर्ता गर्ने गरी संविधानको मस्यौदा तयारी गरिरहेको छ । मुख्य चार विषयमा सरकारले संशोधनको तयारी गरिरहेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया