Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरङ्कुश तरिकाले चल्न खोजेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस बनेपा नगर समितिले बुधबार बनेपामा आयोजना गरेको काँग्रेस नगर सभापतिको प्रथम राष्ट्रिय सम्मेलनमा उनले नेपाली काँग्रेसको आड र भरोसामा निर्माण भएको सरकारले नेपाली कांग्रेसको सल्लाह बिना काम गरेको आरोप लगाएका हुन् । नेता पौडेलले भने ‘सरकार सञ्चालनका लागि आचारसंहिताको निर्माण गर्नुपर्दथ्यो र कम्तीमा एउटा कार्यक्रम बनाएर अघि जानुपर्थ्यो, तर नेतृत्वले ध्यान दिन सकेन ।’ 1478698001861_rg_bhaktapur_161109_img_1261

नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भएका पौडेलले सरकारले जनतालाई उत्साहित बनाउने काम गर्न नसकेको तर्क गरे । ‘म धेरै ठाउँमा एक्लै बोलिरहेको छु, म एक्लो वृहस्पति भएँ कि भन्ने चिन्ता पनि छ’ पार्टी नेतृत्वको आलोचना गर्दै उनले भने । नेता पौडेलले नेपाली काँग्रेस गाउँ र नगरस्तरका कार्यकर्ताबाट नै सञ्चालन हुने जिकिर गर्दै पार्टी सभापति शेरबहादुर देउवाबाट काँग्रेस चल्न नसक्ने बताए । ‘पार्टी नेतृत्वमा कल्पनाशीलता चाहिन्छ, तर हाम्रो पार्टी नेतृत्वमा त्यस्तो देखिएन’ उनले भने ।

शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले पुनःनिर्माणको कामले पूर्णता नपाएकाले र पीडितको घाउ निको नभएकाले स्थायी शान्ति स्थापना हुन नसक्ने उल्लेख गर्दै भत्केको संरचनाको काम ३५ प्रतिशत मात्रै भएको बताइन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया