Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – पाँच सय र एक हजार दरका भारुमाथि प्रतिबन्ध लगाउने भारत सरकारको घोषणापछि नेपालमा व्यावसायिक प्रतिष्ठान प्रभावित भएको भन्दै नेपालले भारु नोट सटहीका लागि कुटनीतिक पहल थालेको छ । 500-rupee-indian-banknotes

नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक र भारत सरकारसँग नोट साट्ने व्यवस्था मिलाउन कुटनीतिक पहल सुरु गरेको हो । बुधबार दिनभर भारतीय रिजर्भ बैंक र राष्ट्र बैंकका अधिकारीबीच संवाद भइरहे पनि भारत सरकारबाट नेपालमा रहेको ती नोटका विषयमा के गर्ने भनी कुनै निर्णय नभएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका पदाधिकारीले काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीसँग छलफल गरेपछि नेपालमा रहेको भारतीय रुपैयाँको सटही व्यवस्था गर्न सकिने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

भारतले सीमित समयभित्र निश्चित नोट साट्ने सुविधा दिए पनि नेपालमा भने सटहीमा अन्यौल रहेपछि कुटनीतिक पहल आवश्यक भएको नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभाग प्रमुख भिष्मराज ढुंगानाले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया