Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ – बाँकेका लोकेन्द्र डाँगीसहित १४ जना ‘आजाद भिसा’ का नाममा तीन महिनाअघि कतार पुगे । मासिक ३ हजार ४ सय कतारी रियाल (१ लाख २० हजार रुपैयाँ) आम्दानी हुने भनेपछि उनीहरुले दलाललाई ३ लाख रुपैयाँसम्म दिएका थिए । images

तर कतार पुगेपछि उनीहरुले त्यति तलव पाएनन् । अहिले उनीहरु फर्कन गुहार मागिरहेका छन् । पीडितहरुका अनुसार कतारमा कम्पनी र भिसा शमसेर सुनारले खोजेका थिए । नेपालमा पैसा असुलेर म्यानवपावर कम्पनीसम्म अर्जुन बुढा मगर र मोहन वलीले पु¥याएका थिए । वैदेशिक रोजगार विभागबाट संस्थागत रुपमा श्रम स्वीकृति भने ‘सुहम सर्भिसेस इम्प्लोइमेन्ट’ ले लिएको थियो ।

कतारी एस्पोन्सर कम्पनीले जिम्मेवारी नलिएपछि बिचल्लीमा परेका हुन् । दलालहरुले ‘आजद भिसा’ का नाममा सोझासीधालाई ठग्ने गरेका छन् । आजद भिसा व्यवस्था स्थानीय कानुनमै छैन । कतार पुगेपछि मात्र यसको अर्थ थाहा पाएको लोकेन्द्रले सुनाए ।

‘कतारमा पुग्नासाथ आफूलाई मन परेको कम्पनीमा काम गर्न पाइन्छ भनिएको थियो, यहाँ आएपछि मात्रै थाहा पायौं, यो नामको भिसा नै हुँदैन रहेछ,’ उनले भने, ‘यो भिसाका नाममा आउनेहरु बढी समस्यामा पर्दा रहेछन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया