Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौ – समयमै जाँच तथा अनुसन्धान अभावका कारण घातक मानिएको डेंगु संक्रमणले महामारीको रूप लिने खतरा बढेको छ । मध्य र पूर्वी नेपालमा फैलिरहेको डेंगु नियन्त्रणमा सरकारी प्रयास रहेको बताइए पनि उक्त रोगको फैलावट रोक्न प्रयोगशालमा परीक्षण र अनुसन्धान नहुँदा महामारीको खतरा बढेको हो ।dengue4

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

झापामा देखापरेको ‘सेरो टाइप वान’ नामको डेंगु समयमै नियन्त्रण गर्न नसके अन्य प्रकारका घातक डेंगुले महामारी फैलाउने खतरा बढेको छ । वैज्ञानिक वर्गीकरणअनुसार टाइप वान, टाइप टु, टाइप थ्री र टाइप फोर गरी चार प्रकारका डेंगु रोग हुन्छन् ।

डेंगु संक्रमणले शरीरका संवेदनशील अंगबाट रक्त श्राव भई बिरामीको मृत्यु गराउँछ । सन् २००६ मा बाँकेलगायतका जिल्लामा चारै प्रकारका डेंगु संक्रमण फैलिएको थियो । सरकारले प्रभावित जिल्लामा फैलिएको डेंगु कुन प्रकारको हो भनेर जाँच गर्न सकेको छैन ।

डेंगुका प्रकार पुष्टि गर्ने प्रयोगशाला मेसिन तथा प्रविधि उपत्यकामा मात्रै उपलब्ध छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाामा मात्र डेंगुको प्रकार छुट्याउने सुविधा छ ।

प्रयोगशालाका कन्सलटेन्ट माइक्रोबायोलोस्टि विष्णु उपाध्यायका अनुसार तिहारअघि झापाका बिरामीबाट संकलन गरिएका १५ वटा नमुनामध्ये १० वटामा टाइप वान डेंगु पुष्टि भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया