Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – ‘प्राइम मिनिस्टर इन वेटिङ’ का रूपमा रहेका कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चार दिनयता भारतमा हुनुहुन्छ । भारतीय जनता पार्टी निकटको इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन गोवा जानुभएका देउवाले आफ्नो भ्रमण दिल्लीसँगको सम्बन्ध थप प्रगाढ बनाउने अवसरका रूपमा उपयोग गरिरहनुभएको छ ।

फाउन्डेसनको ‘इन्डिया आइडिया’ कन्क्लेभको प्रमुख अतिथिका रूपमा देउवालाई बोलाइएको थियो, जहाँ भाजपा अध्यक्ष अमित शाहसमेत सहभागी हुनुहुन्थ्यो । तीन पटक प्रधानमन्त्री भइसकेका र फेरि प्रधानमन्त्रीको लाइनमा रहेका देउवासँग सम्बन्ध विस्तार गर्न भारतको सत्तारूढ दल भाजपासमेत उत्तिकै आतुर देखिन्छ ।

देउवासँग सम्बन्ध सुधार गर्ने उद्देश्यले नै भाजपाले यो भ्रमण गराएको देखिन्छ । देउवा पनि भारतका नेता तथा अधिकारीहरूसँग आफ्नो पुरानो सम्बन्धलाई पुनर्ताजगी गर्न चाहानुहुन्छ । पछिल्ला महिनामा कांग्रेस र भाजपाका नेताहरूको भेटघाट निकै झांगिएको छ ।

आइतबार देउवा जवाहरलाल नेहरू विश्वविद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनुभयो । उहाँलाई विश्वविद्यालयले विद्यावारिधिको मानार्थ उपाधिसमेत दियो । कार्यक्रममा विश्वविद्यालयका प्रोफेसर चिन्तामणि महापात्रले देउवाको प्रशंसा गर्दै ‘म्यान अफ एक्सन नट वड्र्स’ भन्नुभएको थियो ।

तपाईको प्रतिक्रिया