Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

dron

काठमाडौं – प्रहरीले छठको अवसरमा ट्राफिक चाप व्यवस्थापन गर्न र विशिष्ट व्यक्तित्वको सुरक्षामा प्रविधिको प्रयोग गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार कमलोपखरीमा मानवरहित विमान (ड्रोन प्रयोग) पहिलो औपचारिक उडान गरेर प्रविधि प्रयोग थालेको हो । कमलपोखरीमा आइतबार छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीमा ड्रोन उडाइएको थियो ।
महाशाखाले यसअघि गत साता भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका बेला पनि सुरक्षाको लागि ड्रोन उडाएको थियो । ड्रोनले वरपरको दृश्य कैद गर्ने हुँदा सुरक्षामा स्थलगत अध्ययन तथा अनुसन्धान गर्न सजिवलो हुने हुँदा ड्रोनको प्रयोग गरिएको महाशाखाका डिएसपी सविन प्रधानले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया