Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौ – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले चीन र भारत दुवैले नेपाल मामिलामा आफूलाई प्रतिस्पर्धी भन्दा सहयात्रीका रुपमा उभ्याउनुपर्ने बताएका छन् ।

इण्डिया फाउन्डेसन, नेपाल नीति अनुसन्धान प्रतिष्ठान र सेन्टर फर कन्टेम्पोररी स्टडिजले संयुक्त रुपमा काठमाडौंमा गरेको ‘नेपाल र भारत नयाँ आयामको खोजी’ बिषयक गोष्ठीमा बोल्दै डा. भट्टराईले नेपालको आर्थिक समृद्दिमा चीन र भारत दुबै छिमेकीको भूमिका रहेको उनले बताए । भट्टराईले चीनको नेपालमा मुख्य चासो तिब्बती मामिला रहेको बताए । ‘एक चीन नीतिमा नेपालले समर्थन जनाइसकेको छ ।

उसको नेपालमा अरु खासै चासो छैन’ उनले भने । उनले भारतले चीनसँग प्रतिस्पर्धा गर्ने अवस्था नरहेको पनि बताए । ‘भारतलाई चीनसँग प्रतिस्पर्धा नगर्न म सुझाव दिन्छु’ उनले भने । भट्टराईले भारत र नेपालबीचको सम्बन्ध अन्य कुनै मुलुकसँग हुन नसक्ने पनि बताए । भारतका सुरक्षा लगायतका चासोलाई नेपालले सम्बोधन गर्नुपर्ने र भारतले नेपालको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपालको दुई तिहाई सम्पर्क र सम्बन्ध भारतसँग छ र त्यो अन्य कुनै पनि मुलुकसँग छैन् । यो धरातलीय यथार्थलाई बुझेर नेपालले आफ्ना नीति र व्यवहारहरु निर्दे्शित गर्न आवश्यक छ’ उनले भने । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले उक्त गोष्ठिको समापन बिहीबार साँझ गरे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया