काठमाडौँ – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसोको नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनैभर परेको छ । आन्तरिक र बाह्य उडानका वायुसेवाले एकदेखि तीन घण्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकाश मार्ग व्यस्त हुनु पुगेको हो ।
त्रिभुवन विमानस्थलको एउटा मात्रै धावनमार्ग हुनु, आन्तरिक र अन्तर्रा्ष्ट्रिय उडानका वायुसेवाको उडान तथा अवतरण एउटै रुट हुनु र दैनिक दुईसय भन्दा बढी उडान हुनु काठमाडौं विमानस्थलका प्रमुख समस्या हुन् । त्यसमा पनि भीभीआइपीको सवारीको समयमा ४५ मिनेटको विमानस्थल बन्दका कारण हवाईमार्ग व्यस्त भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
विमानस्थल कार्यालयका अनुसार बुधबार भारतीय राष्ट्रपति काठमाडौं आउनेमात्रै कार्यक्रम भएकाले ४५ मिनेटमात्रै विमानस्थल बन्द भएको हो । शुक्रबारका लागि भने काठमाडौंबाट जनकपुर जाँदा र पोखराबाट काठमाडौं फर्कदा तथा भारत जाँदाको समयमा पनि विमानस्थल बन्द हुने भएकाले बुधबारको तुलनामा शुक्रबार विमानस्थल धेरै समय बन्द हुन्छ ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।