Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – डेढ वर्षअघि भूकम्पबाट घरविहीन भई घर बनाउन सरकारी अनुदान पाउने आशामा बसेका काठमाडौँ उपत्यकाका भूकम्प पीडितले रकम पाउने बेलामा अनेक थरिका समस्या झेल्नुपरेको छ ।

भूकम्प पीडितलाई अनुदान दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाएको कार्य्विधिले कतिपय समस्यालाई सम्बोधन नगरेकाले यस्तो समस्या आएको पीडितको गुनासो छ । तारकेश्वर नगरपालिका वडा नं ९ र १० मा भूकम्प पीडितसँग अनुदान सम्झौता गर्ने क्रममा भेटिएका पीडितले अनेक थरिमा समस्या देखिएको छ ।

उनीहरूले भूकम्प पीडितको प्रमाणपत्र पाएको तर जग्गाको लाजपूर्जा नभएको, बसोबास भएको तर आवश्यक प्रमाण नभएको, गुठीको जग्गामा घर बनाई बसोबास गरेको तर लाजपूर्जा नभएको, मोही र जग्गाधनीको दोहोरो स्वामित्व भई मोहीले घर बनाएर बसेर अस्थायी पूर्जा मात्रै पाएकोजस्ता समस्या देखिएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया