Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंकमा कति सुन होला ? धेरैको जिज्ञासा यस्तै हुन सक्छ । तर राष्ट्र बैंकमा भएको सुनबारे सजिलै आँकलन गर्नु मुस्किलको कुरा हो । धेरैले यति होला, उति होला भनेर अनुमान गर्ने गरेका छन् ।

तर यसमा सही अनुमान गर्छु भन्नेहरु पनि फेल खाने गरेका छन् । बैंक तथा वित्तीय संस्थामा काम गर्ने वा सरोकारवाला केन्द्रीय बैंकमा रहेको सुनबारे वास्तविक तथ्यांकको नजिक पुग्ने गर्छन् । सर्वसाधारण नागरिक भने राष्ट्र बैंकको ढुकुटीमा कति सुन छ भन्ने भेउ पाउन नसकेको बताउँछन् । राष्ट्र बैंकमा सर्वसाधारणले कल्पना गरेभन्दा बढी सुन रहेको खुलासा भएको छ ।

केन्द्रीय बैंकसँग करिब १० हजार किलो (१० टन) भन्दा बढी सुुन रहेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए । राष्ट्र बैंकमा दुई तरिकाले सुन रहने गरेको जानकारी पनि उनले दिए । ‘विभिन्न माध्यमबाट जफत भएको सुन राष्ट्र बैंकको ढुकुटीमा आउँछ,’ उनले भने, ‘यसैगरी बाहिरी मुलुकमा लगानी गरेर पनि सुन राष्ट्र बैंकले राखेको हुन्छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया