Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – चीनबाट इन्धन भित्राउने गृहकार्य सुरु भएको एक बर्ष पुग्दा पनि प्रगति शुन्य छ । चिनीयाँ इन्धन आयतबारे छलफल र अध्ययन गर्न नेपाल आयल निगम र तत्कालीन बाणिज्य तथा आपूर्ति मन्त्रालय र हालको आपूर्ति मन्त्रालयका उच्च अधिकारीले पटक पटक चीन भ्रमण गरे ।

निगमदेखि मन्त्रालयसम्मका अधिकारीले महँगा होटलको खर्च र आकर्षक भत्ता बुझे । तर इन्धन आयात गर्ने विषय अझै अन्यौलमा छ । यसै विषयमा अध्ययन गर्न आपूर्ति र परराष्ट्र मन्त्रालयका अधिकारी सम्मिलित समिति पनि गठन भयो । व्यापार गर्ने विषयमा चीन सरकारको स्वामित्व भएको पेट्रो चाइना र निगमबीच द्विपक्षीय सहमति भएको एक बर्ष वितिसक्दा पनि इन्धन आयात हुने या नहुने निश्चित भएको छैन् । 1143117858

अहिले चीनबाट इन्धन आयात गर्ने विषय गफमै सिमित बन्न पुग्यो । इन्धनमा भारतमाथि परनिर्भर रहेको नेपाललाई भारतीय एकाधिकार हटाउन चीनबाट इन्धन आयात गर्ने विषय पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्याकालमा निकै हल्लासहित तयारी समेत भएको थियो । सरकारको उदासीनताका कारण पछिल्लो समयमा चिनियाँ बाणिज्य तथा उद्योगमन्त्री झाङ माओले नेपाल भ्रमण गरे पनि इन्धनका विषयमा उपलब्धिमुलक बार्ता र छलफल पनि हुन सकेन ।

के के भयो त अहिलेसम्म ?
– छिंघाई प्रान्तबाट इन्धन खरिद गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्नका लागि नेपाली टोलीद्वारा चीनको छिंघाई भ्रमण गरी प्रतिवेदन तयार ।
– इन्धन आपूर्ति गर्ने सम्बन्धमा सात सदस्यीय अध्ययन टोलीद्वारा चीनको बेइजिङ भ्रमण । नेपाली टोलीद्वारा तातापानी नाकामार्फत इन्धन उपलब्ध गराउन प्रस्ताव । चिनियाँ पक्षद्वारा सिगात्सेको डिपोबाट केरुङ नाकामार्फत दिने आश्वासन ।
– चिनियाँ पक्षद्वारा नेपाली टोलीलाई सम्पूर्ण करसहित निकै महँगो मूल्य सूची प्रस्ताव । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया