Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहानै दुई छोरीसहित सप्तरी स्थित प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ पुग्नुभयो । विहान साढे १० बजे मन्दिरको एउटा द्वारबाट जुत्ता–चप्पल खोलेर राष्ट्रपति, उहाँका छोरीहरु दर्शनका लागि मन्दिर छिर्नुभयो । jutta-660x330

दर्शन गरिसकेर अर्को द्वारबाट बाहिर निस्किए । बर्दीमा रहेका सैनिक राष्ट्रपति लगायत अन्य व्यक्तिहरुको जुत्ता–चप्पल हातमै लिएर एक ठाउँबाट अर्कोबाट ओसार्दा त्यहाँ रहेका सेनाका उच्चअधिकारी मौन देखिन्थे । सेनाका दुई जवान (एक महिलासहित) ले राष्ट्रपति भण्डारी, छोरीहरु उषाकिरण र निशाकुसुम, राष्ट्रपतिसँगै रहेकी एमाले नेत्री एवं सांसद रञ्जु झा, राष्ट्रपतिका स्वकीय सचिबलगायतको जुत्ता–चप्पल मन्दिरको प्रवेशद्वारसम्म ओसारेका थिए ।

हजारौंको भिडमा बर्दीधारी सेनाका जवानले यसरी उनीहरुको जुत्ता–चप्पल उठाएर ल्याएको देख्दा त्यहाँ उपस्थित अधिकांशले मुलुकमा गणतन्त्र आए पनि राजतन्त्रात्मक सामन्ती व्यवहार अझै पनि हाबी रहेको टिप्पणी गरेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया