आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो–एनआरएन कान्तको आयोजना र नेपाल जापान विद्यार्थी समाजको सहयोगमा भोलि २३ तारिक हुन लागेको कार्यक्रममा उपस्थितिको लागि आयोकजले अपिल गरेको छ ।
जापानमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम भएको हुनाले धेरै भन्दा धेरै विद्यार्थीहरु उपस्थित भएर लाभ लिन सक्ने कुरा कान्तोका अध्यक्ष तथा कार्यक्रम संयोजक प्रकाश थापाले समुद्रपारिलाई बताउनुभयो ।

दिनको १ः३० बजेबाट ओच्यानो मिज्यूस्थित डिजिटल हलियुड विश्वविद्यालयमा हुन लागेको उक्त कार्यक्रममा विद्यार्थी भिसामा जापान आएर संघर्ष गरी प्रगतिको शिखर चढ्न सफल अग्रज विद्यार्थीहरुको अनुभव तथा भोगाई पनि सहभागिहरुले सुन्न सक्नेछन् । त्यसो त जापानमा विद्यार्थी भिसामा आएर अध्ययन गरिरहेका विद्यार्थीहरुले पढाई पश्चात कामको लागि कम्पनीहरुमा प्रवेश गर्दा गर्नुपर्ने तयारीहरु, समस्या, चुनौति अनि सम्भावनाका विषयमा प्रत्यक्ष वहस कार्यक्रममा हुने भएको छ ।

कार्यक्रममा डा.विजय ज्ञवाली, दिनेश रतला जोशी, यशु बस्नेत, जापानी नागरिक काचूइ सुजुकी र थागूची योसिहिरो, मनिष बज्राचार्य, सचिन राई, विश्वशेर रेग्मी, सन्तु लामा र प्रकाश थापासंग दुई चरणमा अंतरंग कुराकानी गर्न सकिने आयोजकले बताएको छ । ***

nrn-kanto

 

तपाईको प्रतिक्रिया