Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – सरकारले केही महिनायता फैलिरहेको डेंगु रोगबाट कसैको पनि मृत्यु नभएको दाबी गरेको छ ।

dengue4

चितवन, पर्सा कैलाली, कञ्चनपुर, झपा, सप्तरी नवरपरासी लगायतका जिल्लामा डेंगुबाट प्रभावित हुनेको संख्या व्यापक रुपमा बढेको र केहीको ज्यानसमेत गएको सूचना आइरहेका बेला स्वास्थ्य मन्त्रालयले त्यस्तो दाबी गरेको हो ।

पछिल्लो साता राजधानीकै बिरामीमा डेंगुको संक्रमण प्रमाणित भएपछि सन्त्रास फैलिएको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा भीम आचार्यले डेंगुबाट प्रभावितको संख्या जिल्लामा बढेको तर यो वर्ष कसैको पनि मृत्यु नभएको दाबी गर्नुभयोे ।

प्रभावित जिल्लामा डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने र सरोकारवाला निकायसँग छलफल गर्ने काम भइरहेको छ ।

केन्द्रबाट लामखुट्टे नियन्त्रणका लागि पटकपटक निर्देशन गए पनि जिल्लामा भने प्रभावकारी काम हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया