Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखबाट निलम्बित लोकमानसिंह कार्कीलाई दिइएको सम्पूर्ण सरकारी सेवा सुविधा रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अधिवक्ता ओमप्रकाश अर्यालले शुक्रवार दिउँसो सर्वोच्च अदालतमा कार्कीलाई राज्यले दिँदै आएको सेवा सुविधा तत्काल रोक्न अन्तरिम आदेशको माग गर्दै पूरक निवेदन दर्ता गराउनुभएको छ ।

सर्वोच्च अदालतमा कार्कीको नियुक्तीको विषय विचाराधीन रहेको र संसदमा उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकाले मुद्दाको अन्तिम किनारा नलागेसम्म सम्पूर्ण सेवा सुविधा रोक्न अर्यालले माग गर्नुभएको छ ।

अधिवक्ता अर्यालले सर्वाेच्च अदालत नियमावली २०४९ को नियम ४१, ५२ बमोजिम तत्काल अन्तरिम वा अन्तरकालिन आदेश र नेपालको संविधानको धारा १३३ बमोजिम अन्य जो चाहिने आदेश समेत जारी गरी पाऊ भन्दै निवेदन दर्ता गर्नुभएको हो ।

अर्यालले सर्वोच्चमा दर्ता गरेको पूरक निवेदनमा भनिएको छ,‘लोकमानसिंह कार्की ज्यूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदको अधिकार वा हैसियत प्रयोग गर्न नपाउने गरी निलम्बन गर्न, सो पदको जिम्मेवारी वहन गर्न नपाउने, निजले पाइरहेको सेवा, सुविधा, सुरक्षाकर्मी, सरकारी आवास लगायत कुनै पनि सुविधा प्रयोग गर्न नपाउने गरी तत्काल अन्तरकालिन आदेश जारी गरि पाऊँ ।

’उहाँले कार्कीले मुद्दा विचाराधिन रहेका बेला न्यायिक प्रक्रिया र न्यायसम्पादन कार्यमा समेत प्रतिकूल प्रभाव पार्न वा प्रमाण लोप गर्न वा दुषित र प्रतिशोधपूर्ण कामकारवाही गर्नका लागि सो पदको दुरुपयोग गर्ने, बदनियतपूर्ण र अनधिकृत कार्य गरिरहने प्रवल सम्भावना भएकोले सरकारी सेवा सुविधा रोक्नु पर्ने उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया