Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बिरुद्ध महाअभियोग प्रस्तावको छलफल ‘विशेष’ कारणले स्थगित भएको छ । महाअभियोग प्रस्ताव कसरी अघि बढाउने भन्नेबारे प्रमुख दलबीच एउटै धारणा बनाउन छलफलको कार्यसूची आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

सभामुख ओनसरी घर्तीले बिहीबार बिहान शीर्ष नेताहरूसँग छलफल गर्नुभएपछि दलहरूको आग्रह अनुसार बैठक तीन दिनका लागि स्थगित गर्नुभएको हो । प्रधानमन्त्री र काँग्रेस सभापतिबीच बिहीबार बिहान भएको छलफलपछि सदन स्थगित गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले नै आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीको आग्रहपछि बैठक स्थगित भएको जानकारी सभामुख घर्तीले राजनीतिक दलका प्रमुख सचेतकहरूलाई दिनुभएको आजको गोरखापत्र दैनिकमा खबर छ ।

माओवादी केन्द्रको प्रस्तावमा र एमालेको समर्थनमा महाअभियोगको सूचना दर्ता भए पनि दुवै दलबीच पनि पर्याप्त गृहकार्य भएको छैन । माओवादी केन्द्रले बिहीबारै संसदीय दलको बैठकमा छलफल गरेको छ । एमालेले दर्ता भएको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको छ ।

उसले काठमाडौँबाहिर रहेका आफ्ना सांसदहरूलाई पनि काठमाडौँ फर्कन ह्वीप जारी पनि गरेको छ ।

तपाईको प्रतिक्रिया