Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले राजाकालिन शाही आयोग भन्दापनि अपवित्र ढंगले अख्तियार चलाएको भन्दै कार्की बिरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावको पक्षमा निर्णय लिने संकेत दिनुभएको छ । Sherbahadur-Deuba_1 copy

काँग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै देउवाले अख्तियार प्रमुख कार्कीलाई आफूले धेरैपटक सम्झाउँदा समेत नमानेको दुःखेसो पोख्नुभएको थियो । उहाँले कार्की राजा भन्दापनि अघि बढेर निरंकुश शैली अपनाउन खोजेको भन्दै उहाँ बिरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावको विपक्षमा पार्टी जान अप्ठ्यारो पर्ने बताउनुभएको आजको कान्तिपुर दैनिकमा खबर छ । तर, देउवाले महाअभियोगको प्रस्ताव दर्ता हुदैछ भन्नेबारे आफूलाई प्रमुख विपक्षी दलका नेता केपी ओलीले प्रष्ट नभनेको बैठकमा जानकारी दिनुभयो । ‘ओलीजीले हिजो बुधबार बेलुका म र प्रधानमन्त्रीजीलाई बोलाउनु भयो ।

मैले ठाने स्थानीय तहको पुर्नसंरचनाको बिषयमा छलफल होला । तर, एकैचोटी लोकामानजीले गलत काम गरे महाअभियोगको प्रस्ताव ल्याउनु पर्छ भन्नुभयो’ देउवाले बैठकमा भनेको भनाई उद्धृत गर्दे स्रोतले भन्यो,‘महाअभियोगको प्रस्ताव आएको जानकारी प्रधानमन्त्रीजीले राति १० बजे टेलीफोन गरेपछि मात्रै थाह भयो ।’ देउवाले आफ्नो पार्टीको बैठक बस्दै गरेकाले त्यहाँ सम्म पर्खन आग्रह गरेको बताउनुभएको थियो ।

बैठकमा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रमुख आयुक्त कार्कीको काम कारवाही अदालतको न्याय सम्पादनलाई असयोग गर्ने खालको भएकाले तत्काल सभापतिले प्रस्ताव ल्याएर महाअभियोगको प्रस्तावको पक्षमा निर्णय लिनुपर्ने माग राख्नुभएको थियो । ‘यसमा धेरै छलफल गराईराख्न आवश्यक छैन, सभापतिजीले प्रस्ताव ल्याएर निर्णय लिनुपर्छ’ सिटौलाको भनाई थियो,’अदालतको न्याय सम्पादनमा जसरी उनले असहयोग गरेका छन यसलाई बचाउन सकिदैन ।’

तपाईको प्रतिक्रिया