Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – २०५४ मा एमाले विभाजन भएपछि वामदेव गौतम नेतृत्वमा बनेको मालेलाई असंवैधानिक रूपमा सघाएको भन्दै एमालेले तत्कालीन सभामुख रामचन्द्र पौडेलविरुद्ध संसद्मा महाअभियोग दर्ता गराएको थियो । ramchandra

काँग्रेसले पनि एमालेको तर्फबाट उपसभामुख रहेकी लीला श्रेष्ठ सुब्बाविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाएको थियो । संसद्को तत्कालीन अंक गणित अनुसार काँग्रेस र मालेसहितको मतले उपसभामुख विरुद्धको प्रस्ताव पारित हुने स्थिति आएपछि उहाँले राजीनामा दिनुभएको थियो ।

लगत्तै मालेका सांसद भोजराज जोशी उपसभामुख चुनिनुभयो । तर, पौडेलविरुद्धको महाअभियोग प्रस्तावमा एमालेले दुईतिहाइ बहुमत र्पुयाउन सकेन, प्रस्ताव अस्वीकृत भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया