Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बिहीबारदेखि हुने भारत भ्रमणमा ४२ सदस्य रहने भएका छन् । सरकारले ४२ जनाको खर्च बेहोर्ने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए ।

सरकारले प्रचलित विदेश भ्रमण निर्देशित विपरीत भ्रमण टोली जम्बो बनाएको छ । हाल प्रचलनमा रहेको विदेश भ्रमण निर्देशिकामा प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणमा सरकारी खर्चमा अधिकतम २३ जना सहभागी गराउन सकिने उल्लेख रहेको खबर आजको अन्नपूर्णमा छ । प्रचण्डको भारत भ्रमण राजकीय हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमण हुने चार दिनअघि नेपाल र भारतका विदेश मन्त्रालयले एकैसाथ भ्रमणको घोषणा गरेको हो । prachanda

प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि प्रचण्डको यो नै पहिलो विदेशयात्रा हो । प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्री पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारी, राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, परराष्ट्र सचिव शंकरदास वैरागी लगायत जाँदै छन् । विभिन्न दलका सांसद विभिन्न मन्त्रालयका सचिव तथा उच्च अधिकारी, पत्रकार र व्यापारी लगायत रहने छन् । यद्यपि प्रधानमन्त्री प्रचण्डले भ्रमण टोली सानो बनाउन परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिनुभएको थियो ।

भ्रमण दलका रहने व्यापारिक समुदाय र सञ्चारमाध्यमका प्रतिनिधि र निजी सञ्चारमाध्यमका प्रतिनिधिको खर्च भने सरकारले वेहोर्ने छैन । प्रधानमन्त्रीले १ असोजमा हिमाञ्चलको नाथपाझाक्री जलविद्युत् परियोजना भ्रमणमा जाने कार्यक्रम छ । २ असोजमा हरिद्वारस्थित पतञ्जली उद्योगको निरीक्षण गरेर प्रधानमन्त्री सोही दिन स्वदेश फर्कनुहुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया