Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

Samsad 1

काठमाडौं – सभामुख ओनसरी घर्तीले संसद बैठकमा लामो समय अनुपस्थित रहँदै आएका सांसदहरूलाई पदमुक्त गर्ने चेतावनी दिएकी छन् ।
विधि निर्माणमा जिम्मेवार बन्नुपर्ने सांसदहरू नै सदनमा गयल र अनुपस्थित हुँदा महत्त्वपूर्ण निर्णय रोकिएको पर्सिपल्ट आइतबारको बैठकमा सभामुख घर्तीले त्यस्तो चेतावनी दिएकी हुन् । सांसदहरू हाजिर गरी गोष्ठीमा गएका कारण संसदको शुक्रबारको बैठकमा कोरम नपुगेर उच्च अदालत गठनसम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्न सकेको थिएन ।

उनको चेतावनीले सदनमा हाजिरमात्रै गरेर गैरसरकारी संस्थाको कार्यक्रममा हूल बाँधेर जाने संसदलाई भने छेक्ने छैन । सांसदको न्यून उपस्थितिका कारण सदनको कामकारबाही नै प्रभावित भएको उल्लेख गर्दै सभामुख घर्तीले आइतबार संविधानको धारा ८९ तर्फ सांसद र संसदीय दलहरूको ध्यानाकर्षण गराएकी छन् । संविधानको धारा ८९ (घ) मा सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा सांसदको पद रिक्त हुने प्रावधान छ ।

सदनमा लगातार अनुपस्थित हुनेको विवरण भने भने संसद सचिवालयले नै अद्यावधिक गरेको छैन । संवैधानिक व्यवस्थाअनुसार लगातार दस बैठकमा अनुपस्थित सांसदको सूची तयार गरी सभामुखले त्यस्ता सांसदको पद रिक्त भएको घोषणा गर्न सक्छिन् ।

सचिवालयले हिसाब नगरे पनि केही सांसदको पहिचान नै संसदमा नआउनेमा छ । एमालेबाट मनोनीत सांसद राज्यलक्ष्मी गोल्छाले प्रधानमन्त्री निर्वाचनमा समेत अनुपस्थित रहेर चर्चा कमाएकी छन् । प्रदिप गिरि, शिला खड्कालगायत कांग्रेस सांसदहरू पनि विरलै मात्रै सदनमा देखा पर्छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया