Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – भारतीय नागरिकलाई जुनसुकै देश भएर नेपाल आउन भिसा चाहिँदैन । तर, नेपालीलाई चीन हुँदै भारत जान भने भिसा अनिवार्य चाहिन्छ । दुई देशबीचका विभिन्न सन्धि–सम्झौताविपरीत भिसा प्रावधान लागू गर्दै आएको छ ।

यो प्रावधानले चीन हुँदै भारत जानुपर्ने नेपाली मर्कामा पर्दै आएका छन् । चीन हुँदै भारत जाने नेपालीको संख्या थोरै हुने र त्यससम्बन्धी अहिलेसम्म खासै गुनासो नआएकाले भारतसँग छलफल नभएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताउनुभयो । ‘चीन हुँदै भारत जाने थोरै हुन्छन्,’ उहाँले भन्नुभयो, ‘त्यही भएर पनि यस विषयमा कतै छलफल नभएको हो ।’

दुई देशबीचको असमान प्रावधान समस्या भएको र त्यसलाई हटाउनु आवश्यक रहेको अध्यागमन विभागका अधिकारीहरू बताउँछन् । शुक्रवार सम्पन्न गृहसचिवस्तरीय बैठकमा आतंकवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन तथा साना हतियार कारोबारको नियन्त्रणका विषयमा छलफल भएको आवको नयाँपत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया