Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद बैठकबाट बिहीबार पूर्वउपप्रधानमन्त्री डा. तुलसी गिरीको उपचार खर्च प्रस्ताव रोक्नुभएको छ ।

भारतको बैंग्लोरमा उपचार गराउनुभएका पूर्वउपप्रधानमन्त्री डा. गिरीको उपचार खर्च बेहोर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा आउनासाथ स्वास्थ्यमन्त्री थापाले कडा रूपमा विरोध गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले डा गिरी विशिष्ट व्यक्ति हो भन्दै उहाँको मागअनुसारको खर्च रकम स्वीकृत गर्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले अस्वीकार गर्नुभएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

मन्त्री थापाले प्रश्न गर्नुभएको थियो, ‘यो मुलुकमा को विशिष्ट हो, होइन कसरी चिन्ने ? यो देशको नेतृत्वले आम नेपालीलाई नै किन विशिष्टको दजाए दिन सक्दैन ? डा. गिरी विशिष्ट हो, होइन थाहा कसरी पाउने ? थापाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया