Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – दसैँ नजिकिएसँगै भक्तपुरको तलेजु भवानीको वाहनका लागि सेतो घोडा खोजी तीव्र भएको छ । तलेजु भवानीको वाहन सेतो घोडा भएको र पहिलेको घोडा गत वर्ष कार्तिक ७ मा मरेको थियो ।

घोडा मरेपछि तलेजु भवानी वाहनविहीन छन् । विजया दशमीको रात भक्तपुरको तलेजु र नवदुर्गा भवानीसहित खड्ग जात्राका लागि घोडा हुनैपर्ने परम्परा रहेको आजको नागरिक दैनिकमा खबर छ । महिषासुरसँगको युद्धमा विजयी भएपछि आफ्नो वाहन सेतो घोडामा सिंगारिएर तलेजु भवानी खुसीयाली मनाउन नगर परिक्रमा गर्ने प्रचलन छ ।

नगर परिक्रमाका लागि सेतो घोडा हुनैपर्छ ।

तपाईको प्रतिक्रिया