Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने बरु विगतमा भएका सहमति समझौताको कार्यान्वयनमा नेपालको जोड दिने बताउनुभएको छ ।

भारत भ्रमणबारे पूर्वपरराष्ट्रमन्त्री र कूटनीतिकज्ञहरुसँग बुधवार सल्लाह सुझाव लिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा खासै नयाँ विषय नभएको आजको अन्नपूर्णमा खबर छ । यसपटक नयाँ समझौता गर्नुभन्दा पुराना सम्झौता प्रभावकारी कार्यान्वयनको पक्षमा आफू रहेको उँहाले बताउनुभयो । प्रचण्डले आफू सपिङ लिष्ट लिएर भारत जान नलागेको स्पष्ट पार्नुभयो ।

भारत भ्रमणमा जाने भन्नेवित्तिकै नेपालमा तरङ्ग आउने गरेको भन्दै उनले आफ्ने भ्रमणलाई संशयका रूपमा नलिन पनि आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया