Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

चितवन – काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक आज बिहान ३ः४५ बजे पृथ्वी राजमार्ग अन्तर्गत दारेचोक–७ चुमखोलाबाट त्रिशूलीमा खस्दा दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ३ ख ९९०३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । मृतक अन्दाजी २८ र ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । घाइते बारा जिल्लाको कलैया नगरपालिका–२ का २० वर्षीय रामबली प्रसाद र बाराकै बलरामपुर बस्ने २५ वर्षीय भुवनदेव साह छन् ।

दुवै घाइतेको उपचार कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया