Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई अपहरण तथा शरीर बन्धक बनाएको उजुरीका आधारमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ । ललितपुरको ताल्छिखेल बस्दै आउनुभएका गुप्तालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ललीतपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीका अनुसार गुप्तालाई प्रहरी हिरासतमा राखेर अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको छ । ललितपुरका एक उद्यमीसँग गुप्ताले रु ५० लाख रकम माग गरेको र नदिएमा अपहरण गर्ने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको देखिएको छ ।

पूर्वमन्त्री गुप्ता अपहरणकै मुद्दामा लामो समय जेल सजाय भोगेर केही समय अघि रिहा भएका थिए ।

तपाईको प्रतिक्रिया