Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

टोकियो – दोलखा जिल्लाबाट जापानमा आई विभिन्न पेसा, व्यवसाय तथा अध्ययनरत दोलखाली दाजुभाइ तथा दिदीबहिनीहरूको भेलाले नबराज थापाको संयोजकत्वमा २५ सदस्यीय ‘दोलखा समाज जापान’ को तदर्थ समिति गठन गरेको छ । 14218343_1166395026753393_338507203_n

आइतबार टोकियो स्थित अनमोल रेष्टुरेन्टमा सम्पन्न भेलाले थापाको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन गरेको हो । जापानमा छरिएर रहेका दोलखालीहरुलाई समेट्दै गठित तदर्थ समितिको सह–संयोजकमा इन्जिनियर नवराज श्रेष्ठ, मर्मलाल तामाङ र गीर बहादुर लामा (गिरेन्द्र) तथा सचिवमा लोकराज चौलागाँई, सह–सचिव बालकुमारी फुयाल र कोषाध्यक्षमा रोसन थापा रहनुभएको छ ।

यसै गरी सदस्यहरूमा विदुर खड्का, कुलबिन्द्र फुयाल खत्री, सुशीला तामाङ, प्रदीप खड्का, विश्वास घिमिरे, सुरेश थापा मगर, निलकण्ठ चौलागाँई, नवराज केसी, सुदेशराज थापा, खुम बहादुर श्रेष्ठ, घनश्याम फुयाल, वेद बहादुर खड्का, शैलेन्द्र खड्का, बालकृष्ण तिमल्सिना, राजीब बस्नेत, अजीब कुमार दहाल, कुमार चौलागाँई र रामकुमार कार्की रहनु भएको छ । तदर्थ समितिले आउँदो डिसेम्बर २५ का दिन दोलखा समाज जापानको पहिलो अधिवेशन गर्ने निर्णय पनि पारित गरेको छ ।

भेलालाई सम्बोधन गर्दै तदर्थ समितिका संयोजक नबराज थापाले जापानमा दिगो ब्यावसाय सन्चालनका साथै दोलखालीलाई पर्ने हरेक समस्याहरूको समाधानका लागि आफूले हरपल सहयोग गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया