Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

टोकियो – काभ्रेली समाज जापानको अध्यक्षमा मेख लामा चयन हुनुभएको छ । आइतबार टोकियोमा सम्पन्न समाजको प्रथम अधिवेशनले लामालाई सर्वसहमतिबाट चयन गरेको हो । 14256580_342676132788580_1179535062_n

समाजको उपाध्यक्षमा पसाङ् लामा, मन्जु गिरी, जयराम कार्की, प्रकाश लामा सचिवमा रुपक तामाङ, सह–सचिवमा समिर तामाङ, कोषाध्यक्षमा पेम्बा तामाङ र सह– कोषाध्यक्ष सिमन तामाङ चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा रविन लामा, वीर ध्वोज तामाङ, अखिल लामा, सुजन लामा, निर लामा, विक्रम थपलिया, एक राज तामाङ, ईश्वर तिमिल्सिना, देवेन्द्र योन्जन, कुन्सान लामा, प्रकाश भेटवाल, इन्द्र तामाङ, लक्ष्मान लामा, गोपाल थोकार र छ्योईसाङ लामा रहनुभएको छ ।

कार्यसमितिको अर्को बैठकले थप २ सदस्य मनोनीत गर्ने गरी २७ सदस्यीय नयाँ कार्य समिति समेत गठन गरिएको हो । कार्यक्रममा काभ्रेको सफल व्यवसायी भुवन अधिकारीको प्रमुख अतिथिथ्यमा र कपिलदेव थापाको संयोजकत्वमा सम्पन्न भएको थियो । नयाँ कार्यसमितिले आर्थिक विभाग, शैक्षिक सांस्कृतिक विभाग,सामाजिक सङ्घ संस्था समन्यव विभाग,खेलकुद विभाग र सूचना तथा सञ्चार विभागको उपसमिति समेत गठन गरेको छ ।

कार्यक्रममा विभिन्न पेसा, व्यवसाय, अध्ययनको सिलसिलामा जापान आई बसेका काभ्रेलीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया