Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाल क्रिकेट संघ माथि लगाएको प्रतिबन्ध आगामी नौ महिनाभित्र हट्ने बताएको छ । आईसीसीले क्रिकेट संघको विधान पुनरावलोनका लागि सल्लाहकार समिति गठनको घोषणा पनि गरेको छ । icc

यो अवधिमा क्रिकेट संघको विधान पुनरावलोन गरी नयाँ निर्वाचन गरिसक्ने लक्ष्य छ । नेपाल भ्रमणमा रहनुभएका आइसीसीका सीइओ डेभिड रिचर्डसनले आइतबार पत्रकार सम्मेलन गरी सल्लाहकार समिति गठनको जानकारी दिनुभएको हो । समितिमा रहनेहरुको नाम भने दुई साताभित्र घोषणा गरिने जनाईएको छ । यसको नेतृत्व अहिले अमर शेखले गर्नुहुनेछ ।

सल्लाहकार समितिमा सरकार, राष्ट्रिय खेलकुद परिषद् र क्रिकेटका सरोकारबाला पक्ष रहनेछन् । यसले क्यानको वर्तमान विधान पुनरावलानेकन गरी संशोधन गर्ने कि नयाँ ल्याउने भनेर आइसीसीलाई सुझाव दिने रिचर्डसनले बताउनुभयो । सरकारले भने क्रिकेट विकास बोर्ड गठनको प्रस्ताव गरेको छ ।

आईसीसीले नयाँ चुनावलाई मदत गर्ने सीइओ रिचर्डसनले बताउनुभयो । नेपाली क्रिकेटमा विवाद देखिएपछि आईसीसीले झन्डै चार महिनाअघि निलम्बन गरेको थियो ।

तपाईको प्रतिक्रिया