Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) माथि लगाइएको प्रतिबन्ध हटाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सहमत भएको छ ।

आइसीसीका पदाधिकारीले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तापछि क्यानमाथिको प्रतिबन्ध हटाउन सहमति जनाएका हुन् । प्रधानमन्त्री दाहालले नेपालमा क्रिकेट खेलको ठुलो क्रेज रहेको र सरकारले लगानी पनि गरेको भन्दै क्रिकेट खेलको विकासका लागि क्यानको सटमा बोर्ड गठन गर्ने प्रतिबद्धता जनाएपछि प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडसनको नेतृत्वको आइसीसीको टोली क्यानमाथिको प्रतिबन्ध हटाउन सहमत भएको हो । Pm-Prachanda-with-Icc-ceo-David-Richardson

आईसीसी टोलीले यसमा सहमति जुटाउँदै तत्काल सल्लाहकार समूह बनाउने भएको छ । विवादरहित ५ देखि ७ सदस्य रहने यस समूहले बोर्ड गठनको लागि सल्लाहकार समितिको रूपमा काम गर्नेछ । समितिका लागि सबै पक्षबाट नाम लिएर आजै यसको घोषणा हुने बताइएको छ । आइसीसीले सरकारी हस्तक्षेप र क्यानभित्रको विवाद्लाई कारण देखाउँदै गत वैशाखको पहिलो साता क्यानलाई निलम्बन गरेको थियो ।

निलम्बनसँगै आइसीसीले क्यानलाई दिँदै आएको अनुदान समेत रोकेको थियो । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहाल, खेलकुदमन्त्री दलजित श्रीपाइली, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव विष्ट, निलम्बित नेपाल क्रिकेट संघ क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया