Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – १९ साउनमा प्रधानमन्त्री चयन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २० साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गर्नुभयो ।

सोही दिन उहाँले दुई उपप्रधानमन्त्री तथा तीन मन्त्रीलाई पनि पद तथा गोपनियताको सपथ गराउनुभयो । दाहालको दुई दिन बधाई लिने तथा भेटघाट र छलफलमा बित्यो । त्यसपछि भने प्रधानमन्त्री दाहालले दिनहुँ विभिन्न निकायमा निर्देशन दिने काम निरन्तर जारी राख्नुभएको आजको राजधानी दैनिकमा खबर छ । उहाँले कहिले बैठक गरेर त कहिले सार्वजनिक ठाउँबाट र कहिले एउटा त कहिले दुईभन्दा बढी निर्देशन दिने गर्नुभएको छ ।

प्रधानमन्त्रीको सपथ लिएको तेस्रो दिन २३ साउनमा दाहालले नेपाल सरकारका सचिवहरुलाई तीन दिनभित्र परिणामुखी योजना पेस गर्न निर्देशन दिनुभयो । दाहाल प्रधानमन्त्री हुनेबित्तिकै नेपाल टेलिकमको रिचार्जमा समस्या देखिएको थियो ।

प्रधानमन्त्री दाहालले २३ साउनमा सचिवहरुसँगको बैठकमा टेलिकमको समस्या समाधान गर्नसमेत निर्देशन दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया