Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – पौडेलले नाम नदिए देउवाले बिहीबार साँझसम्म मन्त्रीको नाम आफैँ टुंगो लगाएर प्रधानमन्त्रीसमक्ष पठाउने तयारी गर्नुभएको छ । नाम पठाउँदा पौडेल पक्षका नेताहरूलाई पनि समेट्ने उहाँको योजना छ । Sherbahadur-Deuba_1 copy

महामन्त्री डा. शशांक कोइरालाले पनि भागबन्डाका आधारमा पौडेलसँग लिस्ट नमागी क्षमतावान् नेतालाई समेटेर मन्त्री बनाउन देउवालाई सुझाव दिनुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । स्रोतका अनुसार बुधवार बिहान आफूलाई भेट्न आएका उपप्रधानमन्त्री विमलेन्द्र निधिसँग कोइरालाले पौडेललाई नकुर्न देउवालाई सन्देश पठाएका छन् । उहाँले मन्त्री बनाउन दीपक गिरीको नाम सिफारिस गरेको स्रोतको दाबी छ ।

केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पनि आफू गुटको सिफारिसमा मन्त्री नबन्ने बताउँदै आउनुभएको छ । पौडेलको पक्षमा रहेका सभासद्हरूले पनि भागबन्डा नगरी दक्षता र क्षमताका आधारमा मन्त्री छान्न व्यक्तिगत र सामूहिक रूपमा सुझाव दिँदै आउनुभएको छ ।

‘पौडेल पक्षले नाम नदिएपछि बिहीबार सााझसम्म सबै पक्षलाई समेटेर मन्त्रीको लिस्ट पठाउने तयारीमा सभापति हुनुहुन्छ,’ देउवानिकट केन्द्रीय सदस्य बालकृष्ण खाणले भन्नुभयो ।

तपाईको प्रतिक्रिया