Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्राफिक प्रहरी थप्न निर्देशन दिनुभएको छ । प्रचण्डले बुधवार आइजिपी उपेन्द्रकान्त अर्याललाई यससम्बन्धी निर्देशन दिनुभएको हो । Traffic

ट्राफिक व्यवस्थापनमा जनशक्तिको अभाव भएकाले तत्काल जनशक्ति थपेर ट्राफिक प्रहरी बढाउन निर्देशन दिएका छन् । प्रहरीले भने जनशक्तिका साथै प्रविधिको पनि माग गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालका अनुसार उपत्यकामा मात्र ६ सय ट्राफिक प्रहरी अपुग छ । ‘सवारीको चापअनुसार उपत्यकामा एक हजार आठ सय ट्राफिक प्रहरी आवश्यक छ,’ उनले भने, ‘तर हामीसँग एक हजार २ सय मात्र कार्यरत छन् ।’ उपत्यका मात्र होइन देशभरि नै ट्राफिक प्रहरीको समस्या छ ।

पहाडी जिल्लामा सदरमुकाम र मुख्य सडकमा मात्र ट्राफिक प्रहरी खटिँदै आएका छन् । ट्राफिक प्रहरी नभएकाले पनि धेरै स्थानमा सार्वजनिक यातायातको मनपरी चल्ने गरेको छ । तत्काल ट्राफिक जनशक्ति थप्न अन्यत्र कार्यरत प्रहरीलाई त्यता खटाउनुपर्ने र अन्य कार्यालयहरूमा पनि जनशक्तिको अभाव रहेको प्रहरी अधिकारीहरू बताउँछन् । नयाँ दरबन्दी नै थप्नुपर्ने प्रहरीको भनाइ छ ।

अघिल्लो सोमबार काभ्रेमा भएको बस दुर्घटनापछि सरकारले नियम पालनामा कडाइ गरेको छ । रुट पर्मिट नलिएका सडकमा सवारीसाधन चलाउन रोकेको छ भने क्षमताभन्दा धेरै यात्रु राख्न समेत दिएको छैन ।

तपाईको प्रतिक्रिया