Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्ष गएको विनाशकारी भूकम्पबाट पीडित जनतालाई राहत स्वरूप थप एक लाख रुपैयाँ दिने तयारी गरिएको बताउनुभएको छ । यसको विषयमा दातृ निकायसँग छलफल भइसकेको उहाँले बताउनुभयो ।

यसअघि सरकारले घर बनाउन पहिलो किस्ता स्वरूप दुई लाख दिने निर्णय गरेको थियो । त्यसमा थप रकम थपिदिने प्रधानमन्त्रीले उद्घोष गर्नुभएको आजको गोरखापत्र दैनिकमा खबर छ । पीडितलाई उक्त रकम ४५ दिनभित्र उपलब्ध गराउने काम तीव्रताका साथ भइरहेको बताएका छन् ।

मङ्गलवारसम्म एक लाख २० हजारलाई पहिलो किस्ताको दुई लाख रुपैयाँ हस्तान्तरण भइसकेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले पीडितका लागि अर्को थप दुई लाख सस्तो ऋणको रूपमा दिनेबारे पनि पहल भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया