Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

mask

काठमाडौं – राजधानीमा वायु प्रदुषणबाट बच्न प्रयोग हुने कपडाका मास्कले धुलो र धुँवाको कण छेक्नै नसक्ने तथ्य सार्वजनिक भएको छ।
काठमाडौं उपत्यकामा प्रयोग भइसकेका मास्कको प्रयोगशाला परीक्षणसहित गरिएको अध्ययनमा ८० देखि ९० प्रतिशतसम्म प्रदुषणका कण छिर्ने गरेको पत्ता लागेको छ।
अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका प्राध्यापक रिचार्ड पेल्टियर र नेपाली वैज्ञानिक कविन्द्र शाक्यले गरेको अध्ययनअनुसार त्यस्ता मास्कले धुलो र धुँवाका कण पटक्कै छेक्दैनन्। मास्कभित्रै प्रदुषणका कण जम्मा भएर बस्छ। साइन्स एण्ड इन्भाइरोमेन्ट इपिडिमियोलोजीमा प्रकाशित प्रतिवेदनअनुसार कपडाको मास्क प्रयोग गर्दा ८० देखि ९० (सेन्थेटिक पार्टिकल्स) प्रतिशत नाकमुखभित्र छिरेको थियो । ‘डिजेल इन्जिन भएको ट्रकको छेसमा बस्दा त झन् अवस्था भयावह हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘मास्कले छेक्छ भनेर ढुक्क हुनु रोग निम्त्याउनु हो।’
अस्पतालमा प्रयोग गर्ने सर्जिकल मास्कले भने तुलनात्मक रुपमा धुलोका कण बचाएको पाइएको छ। तर यो पनि भरपर्दो र पूर्ण विश्वासिला भने छैनन् । धोएर पुनः प्रयोग हुने मास्क सबैभन्दा खतरायुक्त भएको निष्कर्ष छ। अन्नपूर्ण पोष्टमा समाचार छ ।

तपाईको प्रतिक्रिया