Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

NAC

काठमाडौं । शुक्रबार बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौं भित्र छिरीसकेको थियो। साझको बेला अध्यारो उपत्यकाभित्र आइसकेको जहाज ठैंचु नाघेर हात्तिवन माथीको आकासमा थियो।
त्यहीबेला ककपिटमा विपरित दिशा (जडीबुटी)बाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले ककपिटमा आक्रमण गर्‍यो। १ सय ४० यात्रु बोकेर आइरहेको विमानलाई अवतरण गराउन खोजिरहेका क्याप्टेनका आँखामा असर पर्‍यो। उनीहरु झस्किए। नेपाली आकासमा पाइलटहरुले यस्तो अवस्था यसअघि कहिल्यै ब्यहोरेका थिएनन। विदेशी मुलुकमा बेलाबेला भइरहने यस्तो समस्या नेपाली पाइलटले गत शुक्रबार पहिलोपटक फेस गर्यो ।
लेजरलाइटले उत्सर्जन गरेको हरियो चुम्बिकए विकिरणले ककपिटको कमाण्ड सम्हालिरहेका चालकदलको आँखामै हानेपछि अप्ठ्यारो अवस्था पैदा भयो। धन्न त्यो विमानको कोपाइलट सिटमा बसेका चालकले यसबारे पूर्व जानकारी र अध्ययन गरेकाले सावधानी अपनाइ हाले। क्याप्टेनलाई तत्कालै विमानस्थल बाहिरबाट कुनै अपराधिक मानसिकता भएकाले लेजर लाइट हानेको हुन सक्ने विफ्रिङ्ग गर्दै उनले विमानलाई ओभरसुट वा गोअराउन्ड (दायाँबाया मोड्ने कार्य) गराएनन्।
१६ सय मिटर हाराहारी उचाईबाट बिस्तारै डिसेन्ड (झर्दै गरेको) विमान हात्तिवन, इमाडोल कटाउदै जडीबुटी तर्फ आयो। लेजरलाइट ककपिटमा परीनै रह्यो। स्रोतका अनुसार त्यो लेजरलाइटले करिब ४० सेकेन्डसम्म ककपिटमा पाइलटलाई हानि पुर्‍यायो। जब विमान विमानस्थलको रेखाभित्र पस्यो अनि मात्रै लेजरलाइटको आक्रमण हट्यो। चालकदलले विमानलाई सेफ ल्याण्डिङ्ग गरीसकेपछि एयरट्राफिकलाई ग्राउण्डबाट खबर गरे। तत्काललै नेपाल वायु सेवा निगमका चालकदलले यस्तो गतिविधिले जहाज दुर्घटनामा पर्न सक्ने खतरा औल्याउदै तत्कालै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिखित उजुरी हाले। यतिले मात्रै नपुगेर सोमबार पनि निगमकातर्फबाट घटनाबारे विस्तृत प्रतिवेदन पनि प्राधिकरणलाई दिइएको छ।
उक्त प्रतिवेदनले विमानस्थल नजिक हुँदै गर्दा उचाईबाट ओर्लिदै गरेको विमानमा यसरी लेजर लाइटको आक्रमण भए ठूलो दुर्घटना हुन सक्ने जनाउदै कडाईका साथ नियमन गर्न भनेको छ। स्रोतका अनुसार, विदेशमा यस्तो आक्रमणमा पर्ने विमानले लेजरको फोटो लिई जिपिएसका आधारमा लेजर हानिएको स्थान पहिचान गर्दै कडा कारवाही हुन्छ। नेपालमा भने यस्तो प्रविधि छैन। कडा लेजर लाइट परे चालकदलले अवतरण गर्न नसक्ने वा दुर्घटनामै पर्न सक्ने खतरा हुन्छ। कान्तिपुर दैनिकमा समाचार छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया