Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – कांग्रेसको सबैभन्दा ठूलो भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशन गर्न चार करोड ८२ लाख रुपैयाँ खर्च भएको छ ।
तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिका लागि १२ दिन बस्ने, खाने र महाधिवेशन तयारीका लागि पौने पाँच करोडभन्दा बढी खर्च भएको हो ।नेविसंघले लागेको कुल खर्च ननिकाले पनि तीन हजार प्रतिनिधि प्रत्येकका लागि १२ दिनसम्म खान र बस्न चार करोड ३२ लाख र अरू तयारीका लागि ५० लाखजति खर्च भएको हो ।
नेविसंघले २३ देखि २५ साउनसम्म तीन दिनका लागि बढीमा एक करोड ८६ लाख खर्च लाग्ने हिसाब निकालेको थियो । तर, महाधिवेशन लम्बिदै जाँदा तीन करोडभन्दा बढी खर्च भएको बताइएको छ । अध्यक्षका रूपमा नेविसंघको महाधिवेशन सम्पन्न गराएका अध्यक्ष रञ्जित कर्णले खान, बस्न र महाधिवेशन तयारीका लागि पाँच करोडसम्म लागेको जानकारी दिए ।‘चार दिनका लागि हाम्रो अनुमानित खर्च बढीमा दुई करोड, नत्र एक करोड ८६ लाखमा सकाउने भन्ने थियो,’ कर्णले भने, ‘तर, तीन दिनको महाधिवेशन १२औं दिनसम्म लम्बिएपछि पाँच करोडजति खर्च भयो । अब केही दिनमा कति खर्च लाग्यो, अन्तिम हिसाबकिताब निकाल्छौाँ।’

कांग्रेसले झन्डै ३२ सय प्रतिनिधिसहित गत साउनमा तीन दिनमा सकाएको १३औं महाधिवेशनमा झन्डै चार करोड २० लाख रुपैयाँ खर्च भएको थियो । तर, आफ्नै विद्यार्थी संगठनको महाधिवेशनमा चार करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । नेविसंघको महाधिवेशन प्रतिनिधि संख्या र केन्द्रीय समिति पार्टीको भन्दा धेरैे र ठूलो छ । कांग्रेसका ६ पदाधिकारीसहित ८५ सदस्यीय केन्द्रीय समिति छ भने नेविसंघमा २८ पदाधिकारी र एक सय ५१ सदस्यीय कार्यसमिति बन्दै छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया