Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

child facebook

काठमाडौं – कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट (देश निकाला) गर्नका लागि पक्राउ गरेको छ । उनलाई घरफिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएको छ ।
अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघकी पूर्व अन्तर्राष्ट्रिय सदस्य दीपा राईले लामिछाने विरुद्ध दिएको उजुरीमा छानबिन गरी कतार सरकारले आफ्नो देशमा रोजगार गर्न नपाउने गरी डिपोर्ट गर्न लागेको हो । लामिछानेलाई गत मंगलबार पक्राउ गरि घर फिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएको हो । त्यसअघि पनि उनलाई कतारको खोज तथा अनुसन्धान केन्द्र (एसएफडी)ले पक्राउ गरिसकेको थियो ।
एक नेपाली कामदारले आफू जमानतमा बसेर आफ्नो राहदानी केन्द्रमा बुझाएर उनलाई जेलबाट बाहिर निकालेका थिए । अष्ट्रेलियामा स्थायी बसोबास अनुमति पाएकी राईले ‘लामिछानेले आफूविरुद्ध फेसबुकमा जथाभावी लेखेको र कतारमा बसेर राजनीति गरेको’ भन्दै उजुरी गरेकी थिइन् ।
गत जुनको अन्तिम सातामा अष्ट्रेलिया भ्रमणमा जान लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध राईले आफ्नो फेसबुकमा स्टाट्स लेखेकी थिइन् ।
त्यसपछि लामिछानेले दाहालको बचाउ गर्दै राईको आलोचना गरेका थिए । ११ वर्षदेखि कतारको एक कम्पनीमा प्रशासकीय विभागमा काम गर्दै आएका लामिछानेलाई डिपोर्ट नगर्न कतारको परराष्ट्र मन्त्रालयका अधिकारीलाई भेटेर अनुरोक गरेको कतारका लागि कार्यवाहक राजदूत मणिरन्त शर्माले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया