Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

1443083029670_RoS-Ktm-Petrol (1)

काठमाडौं – न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै २९ साउनदेखि पेट्रोलियम मजदुर आन्दोलित भएका छन् । उनीहरूले सरकारले निर्धारण गरेको न्यूनतम नौ हजार सात सय रुपैयाँ पाउनुपर्ने माग कार्यान्वयनका लागि दबाब दिन आन्दोलन थालेका हुन् ।
माओवादी केन्द्रनिकट अखिल नेपाल पेट्रोलियम मजदुर संघले माग पूरा गराउन पटक–पटक अनुरोध गरे पनि व्यवसायीले नसुनेकाले आन्दोलन गर्नुपरेको जनाएको छ । संघका उपाध्यक्ष लक्ष्मण न्यौपानेले माग पूरा गराउन दबाब दिने उद्देश्यले आइतबार थानकोट डिपोमा १० देखि १२ बजेसम्म धर्ना दिएर लोड भएका ट्यांकर बाहिर आउन नदिएको बताए । आइतबार मजदुरले धर्ना दिएपछि दिउँसो ३ बजे पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएनअन्तर्गतको बागमती एकाइले वार्तामा बोलाएको थियो ।
वार्तामा व्यवसायीले एक साताभित्र न्यूनतम पारिश्रमिक सबै मजदुरलाई दिने बताएका थिए । छलफलमा सहभागी बागमती इकाइका सचिव नारद भण्डारीले अधिकांश मजदुरलाई न्यूनतम पारिश्रमिक दिएको र छुटेकालाई हप्ता दिनभित्र सूची तयार गरी उपलब्ध गराउने प्रस्ताव गरेको जानकारी दिए ।छलफलमा सहभागी संघका काठमाडौं जिल्ला अध्यक्ष जगत श्रेष्ठले माघदेखि पारिश्रमिक पाउने आशामा कुर्दै आए पनि कार्यान्वयन नभएकाले आफूहरू आन्दोलित हुनुपरेको बताए । ‘सरकारले १८ माघमा राजपत्रमा सूचना प्रकाशित गरी मजदुरको न्यूनतम पारिश्रमिक नौ हजार सात सय तोकेको छ, तर अहिलेसम्म पनि नपाएकाले आन्दोलिन हुनुपरेको छ,’ उनले भने, ‘व्यवसायीले हप्ता दिनभित्र दिन्छौा भनेको कुरामा हामीलाई विश्वास छैन ।’
मजदुरले उपत्यकाका ७५ प्रतिशत पम्प सञ्चालकले न्यूनतम पारिश्रमिक नदिएको बताएका छन् । उनीहरूले न्यूनतम पारिश्रमिक नदिने पम्पको आपूर्तिमा थप अवरोध गर्ने जनाएका छन् । ‘सोमबारदेखि न्यूनतम पारिश्रमिक नदिने पम्पबाट इन्धन वितरण रोक्छौं, थानकोट डिपोको लोडिङ पनि रोकिदिन्छौा,’ श्रेष्ठले भने । साझा, सेना, प्रहरी र सशस्त्रका पम्पमा अवरोध नहुने मजदुरको भनाइ सम्बन्धि समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशन भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया