Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक २६, २०८१
Monday, November 11, 2024

काठमाडौँ – रुट परमिट नभएका सबै ग्रामीण भेग जाने बसलाई काभ्रे प्रहरीले फिर्ता गरेको छ । Nepal-Bus

प्रहरीले बिहीबार बीपी राजमार्गमा चलेका ठुला गाडीलाई भकुण्डेबाट फिर्ता गरेको हो । भकुण्डेसम्म मात्रै परमिट भएकाले रोकिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिनुभएको आजको कान्तिपुर दैनिकमा खबर छ । बीपी राजमार्ग पूर्णतया सञ्चालनमा आए पनि सरकारले रुट परमिट जारी गरेको छैन । हिमाल–तराई यातायात सेवा समितिका अध्यक्ष आत्माराम थापाले ३ पटक निवेदन दिदा पनि सरकारले परमिट नदिएको बताउनुभयो ।

उक्त रुटमा हिमाल–तराई यातायात, बीपी राजमार्ग यातायात, कमलामाई लगायत विभिन्न ४० समितिले सेवा सञ्चालन गरिरहेका छन् । रुट परमिट नभएका क्षेत्रमा गाडी सञ्चालन हुँदा दुर्घटना भएको र बिमाको समेत व्यवस्था नभएको भन्दै प्रहरी प्रशासनले रोक लगाउन थालेको हो । जिल्ला ट्राफिक प्रहरी प्रमुख सुकदेव खनालका अनुसार बिहीकार ६२ वटा बिना रुट परमिटका सवारी फिर्ता भएका छन् ।

सवार फिर्ता भएसँगै यात्रुहरू बिचल्लीमा परेका छन् ।

तपाईको प्रतिक्रिया