Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय मानविकी संकायअन्तर्गतको भूगोल केन्द्रीय विभागका विद्याथी पास भएको वर्ष दिनसम्म पनि ट्रान्सक्रिप्ट पाउनबाट वञ्चित भएका छन् ।

विभागीय प्रमुख पदमचन्द्र पौडेलको दबाबमा बैकल्पिक विषयलाई अनिवार्य रूपमा सबै विद्यार्थीलाई पढाइएका कारण १० वटै विषयमा उत्तीर्ण भएका विद्यार्थीको ट्रान्सक्रिप्ट रोक्का भएको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

स्नातकोत्तर तह दोस्रा वर्षेको वैकल्पिक विषय जेन्डर एन्ड डेभलेपमेन्ट अनिवार्य रूपमा पढाइ भएपछि समस्या उत्पन्न भएको हो । दोस्रो वर्षमा शोधकार्य लेख्न नचाहनेले त्यसको विकल्पमा जेन्डर विषयको परीक्षा दिन सक्ने व्यवस्था रहेकोमा भूगोल केन्द्रीय अनिवार्य बनाएपछि समस्या आएको हो ।

तपाईको प्रतिक्रिया