Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – गायिका ज्योति मगर कसैले आफ्नो फेसबुक ह्याक गरेर अश्लील सामग्री पोस्ट गर्न थालेपछि कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेकी छिन् । jyoti1

गायिका मगरले बुधवार दिउँसो टेकूस्थित महानगरी प्रहरी अपराध महाशाखा पुगेर आफ्नो फेसबुक अकाउन्ट ह्याक गरी प्रोफाइल पिक्चरदेखि टाइमलाइन सम्ममा अश्लील फोटो पोस्ट भएकाले अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेकी आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । ह्याकरले अश्लील सामग्री पोस्ट गर्ने तथा जथाभावी म्यासेज पठाएर अनफ्रेन्ड तथा ब्लक गर्न थालेपछि उनी कारबाहीका लागि प्रहरी शरणमा पुगेकी हुन् ।

गायिका मगरले ह्याकरलाई कारबाही गर्न अनुरोध गर्दै उजुरीसमेत दिएकी छिन् । कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म राम्रो फ्यान बनाएकी ज्योति केही समयअगाडि नै फ्यान पेज बन्द भएपछि व्यक्तिगत फेसबुक चलाउँदै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया